खेल मिलेमतो गरेको आरोपमा पाँच वर्षको प्रतिबन्धमा परे अफगानिस्तानका क्रिकेटर
काठमाडौँ । अफगानिस्तान क्रिकेट टोलीका माथिल्लो क्रमका ब्याट्सम्यान इहसानुल्लाह जनात पाँच वर्ष लामो प्रतिबन्धमा परेका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले २६ वर्षीय जनतमाथि प्रतिबन्ध लगाएको हो ।
जनात अब पाँच वर्षसम्म कुनै पनि प्रकारको क्रिकेट गतिविधिमा संलग्न हुन पाउने छैनन् । एसीबीले प्रतिबन्ध तत्कालदेखि लागू हुने जनाएको छ । आर्थिक अनुशासन उल्लंघन गरेको आरोपमा उनीमाथि प्रतिबन्ध लगाइएको बताइएको छ ।
उनीमाथि एसीबी र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आर्थिक अनियमितता सम्बन्धि नियम उल्लंघन गरेको आरोप लगाइएको छ । काबुल प्रिमियर लिगको दोस्रो संस्करणका क्रममा उनले यस्तो गल्ति गरेको एसीबीले जनाएको छ ।
स्पष्ट भाषामा भन्दा खेल मिलेमतो गरेको आरोपमा जनात प्रतिबन्धमा परेका हुन् । एसीबीका अनुसार, जनातले पनि आफूमाथि लगाइएको आरोप स्वीकारेका छन् । यस विषयमा एसीबीले थप अनुशन्धान गरिरहेको पनि समाचारमा जनाइएको छ ।
यसै वर्ष सम्पन्न काबुल प्रिमियर लिगको दोस्रो संस्करणमा जनातका अतिरिक्त अन्य तीन खेलाडीले पनि खेल मिलेमतो गरेको आरोप लागेको छ । उनीहरुको विषयमा पनि छानबिन भइरहेको बताइएको छ । तर, अन्य खेलाडीको नाम भने सार्वजनिक गरिएको छैन ।
काबुल प्रिमियर लिगमा जनात समसाद इगल्स टोलीमा सहभागी थिए । उनले चार पालीमा १८ को औसतले कुल ७२ रन बनाएका थिए । खेलमा उनको स्ट्राइक रेट १५० रहेको थियो । ६ टोली सहभागी काबुल प्रिमियर लिगमा उनको टोली छैटौँ भएको थियो ।
पाँच खेलमा जनतको टोलीले केवल एक जित हात पारेको थियो । उनले अफगानिस्तानका लागि २० वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले अफगानिस्तानका लागि तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण