एक वर्षपछि पाकिस्तानी टेस्ट टोलीमा फर्किए नसिम शाह
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले तीव्र गतिका प्रभावशाली बलर नसिम शाहलाई टेस्ट टोलीमा फिर्ता बोलाएको छ । घरेलु मैदानमा खेलिने बंगलादेशविरुद्धको दुई टेस्टको शृंखलाका लागि नसिम शाहलाई टोलीमा फिर्ता बोलाएको हो ।
शृंखलाका लागि पीसीबीले बुधबार १७ सदस्यीय टोलीको घोषणा गरेको हो । नसिम शाह एक वर्षभन्दा लामो समयपछि टेस्ट टोलीमा फर्किएका हुन् ।
पीसीबीले कप्तानको भूमिकामा सान मसुदलाई नै निरन्तरता दिएको छ । साउद सकिललाई भने उप–कप्तानको जिम्मेवारी दिइएको छ । टोलीमा कमरन घुलम, तीव्र गतिका बलर मोहम्मद अली र ब्याट्सम्यान मुहम्मद हुराइरालाई पनि समावेश गरिएको छ । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कारण उनीहरुलाई टोलीमा स्थान दिइएको हो ।
घोषित पाकिस्तानी टोलीमा सान मसुद (कप्तान), साउल सकिल (उप–कप्तान), आमेर जमाल, अब्दुल्लाह सफिक, अबरार अहमद, बाबर आजम, कमरान घुलम, खुर्रम सहजाद, मिर हमजा, मोहम्मद अली, मुहम्मद हुराइरा, मोहम्मद रिजवान (विकेटकिपर), नसिम शाह, सइम अयुब, अघा सलमान, सरफराज अहमद (विकेटकिपर) र साहिन शाह अफरिदी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण