दुर्घटना
सुर्खेत स्कुल बस दुर्घटना अपडेट : ११ जना घाइते, एक जनाको अवस्था गम्भीर
बुधबार, २३ साउन २०८१, १७ : ५४
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटनामा परेको स्कुल बसमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको रातोपाटीलाई बताए ।
बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो । बस स्कुल बिदा भए घर फर्किँदै थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए ।
घाइतेलाई उद्धार गरेर स्थानीय देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण