बंगलादेशको बदलिँदो राजनीतिक परिस्थितिमा पाकिस्तानले के भन्यो ?

इस्लामाबाद । पाकिस्तानले आफूहरू बंगलादेशका जनताको साथमा भएको बताएको छ । पाकिस्तानले बंगलादेशको अवस्था छिट्टै सामान्य हुने आशा पनि व्यक्त गरेको छ ।
पाकिस्तानको सरकार र जनता हरेक कठिन समयमा बंगलादेशका जनताको साथमा रहने र बंगलादेशको अवस्था छिट्टै सामान्य हुने आशा गरेको पाकिस्तानी विदेश मन्त्रालयले बुधबार जारी विज्ञप्तिमा भनेको छ । ‘हामीलाई विश्वास छ कि बंगलादेशी जनताको भावना र एकताले उनीहरूलाई उज्ज्वल भविष्यतर्फ लैजानेछ’, विज्ञप्तिमा भनिएको छ ।
सोमबार शेख हसिना र उनकी बहिनी शेख रेहानाले आन्दोलनरत विद्यार्थीहरूको ‘लङ मार्च टु ढाका’ अभियानका क्रममा देश छोडेका थिए । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए । राष्ट्रपति, सेना र विद्यार्थीबिचको बैठकपछि यो निर्णय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति ?
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो