बंगलादेशको बदलिँदो राजनीतिक परिस्थितिमा पाकिस्तानले के भन्यो ?
इस्लामाबाद । पाकिस्तानले आफूहरू बंगलादेशका जनताको साथमा भएको बताएको छ । पाकिस्तानले बंगलादेशको अवस्था छिट्टै सामान्य हुने आशा पनि व्यक्त गरेको छ ।
पाकिस्तानको सरकार र जनता हरेक कठिन समयमा बंगलादेशका जनताको साथमा रहने र बंगलादेशको अवस्था छिट्टै सामान्य हुने आशा गरेको पाकिस्तानी विदेश मन्त्रालयले बुधबार जारी विज्ञप्तिमा भनेको छ । ‘हामीलाई विश्वास छ कि बंगलादेशी जनताको भावना र एकताले उनीहरूलाई उज्ज्वल भविष्यतर्फ लैजानेछ’, विज्ञप्तिमा भनिएको छ ।
सोमबार शेख हसिना र उनकी बहिनी शेख रेहानाले आन्दोलनरत विद्यार्थीहरूको ‘लङ मार्च टु ढाका’ अभियानका क्रममा देश छोडेका थिए । नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसलाई बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि सेना प्रमुखले देशलाई सम्बोधन गर्दै अन्तरिम सरकार गठनको कुरा गरेका थिए । राष्ट्रपति, सेना र विद्यार्थीबिचको बैठकपछि यो निर्णय भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण