पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिकाको अग्रता कायमै, पछ्याउँदै चीन
काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद उत्तरार्धतर्फ लम्किएको छ । प्रतियोगिता सकिन तीन दिन बाँकी रहँदा पदक तालिकामा अमेरिकाले आफ्नो अग्रता कायमै राखेको छ ।
अमेरिकाले हालसम्म २७ स्वर्ण, ३५ रजत र ३२ कांस्यसहित कुल ९४ पदक जितिसकेको छ । पदक तालिकाको दोस्रो स्थानमा आसीन चीनले अमेरिकालाई पछ्याउने क्रम जारी छ । २५ स्वर्ण, २३ रजत र १७ कांस्यसहित कुल ६५ पदक जित्दै चीन तालिकाको दोस्रो स्थानमा आसीन छ ।
तेस्रो स्थानमा आसीन अस्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कांस्यसहित कुल ४१ पदक हात पारेको छ । १३ स्वर्ण, १७ रजत र २१ कांस्यसहित कुल ५१ पदक जित्दै आयोजक राष्ट्र फ्रान्स तालिकाको चौथो स्थानमा छ ।
तालिकाको पाँचौँ स्थानमा आसीन बेलायतले १२ स्वर्ण, १७ रजत र २० कांस्यसहित कुल ४९ पदक कुम्ल्याएको छ । दक्षिण कोरिया १२ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २७ पदक जित्दै छैटौँ स्थानमा रहेको छ ।
यसैगरी, १२ स्वर्ण, ६ रजत र १३ कांस्यसहित कुल ३१ पदक जित्दै जापान सातौँ स्थानमा छ । आठौँ स्थानमा आसीन इटालीले नौ स्वर्ण, १० रजत र आठ कांस्यसहित कुल २७ पदक चुमेको छ । नवौँ स्थानमा रहेको नेदरल्यान्ड्सले नौ स्वर्ण, पाँच रजत र ६ कांस्य पदक हात पारेको छ ।
यसैगरी, आठ स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित कुल १८ पदक जित्दै जर्मनी तालिकाको १०औँ स्थानमा छ । हालसम्म ४८ राष्ट्रले स्वर्ण पदक जितिसकेका छन् । पदक तालिकामा ७२ राष्ट्रले आफ्नो उपस्थिति दर्ता गराइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण