इङ्गेजमेन्ट गर्दैछन् नागा चैतन्य र सोभिता धुलिपाला
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपलाले इङ्गेजमेन्ट गर्दैछन् । सामन्था रुथ प्रभुसँग सम्बन्ध विच्छेदपछि अभिनेता शोभितासँग सम्बन्धमा रहेको खबर सुन्नमा आइरहेको थियो । अव दुवैले सम्बन्धलाई नयाँ नाम दिने तयारी गरेको बताइएको छ ।
नागा चैतन्य र शोभिता धुलिपालाले बिहीबार मगनी गर्न लागेको भन्दै द ग्रेट आन्ध्राले समाचार छापेको छ । नागा चैतन्यका पिता दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनले उनीहरूको सम्बन्धलाई अफिसियल बनाउने आशा गरिएको छ ।
नागा चैतन्य र शोभिता धुलिपाला विगत केही वर्षदेखि एक अर्कालाई डेट गरिरहेका थिए । उनीहरूबिच सम्बन्ध रहेको सामाजिक सञ्जालका पोस्टबाट अड्कलबाजी सुरु भएको थियो । यी दुबैले आफ्नो सम्बन्धबारे कहिल्यै मुख खोलेनन् । तर यतिबेला भारतीय सञ्चारमाध्यममा दुवैले आज मगनी गर्न लागेको चर्चा छ ।
अभिनेताको आवासमा यो मगनी हुनसक्ने बताइएको छ । पछिल्लो समय यो जोडी प्रायः सँगै देखिने गरेका छन् । नागा चैतन्यका पिता नागार्जुनले यस मगनीबारे एउटा नोट जारी गर्ने बताइएको छ । शुक्रबार इन्गेजमेन्टको तस्बिर सार्वजनिक हुन सक्ने स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण