मैले मन्त्री पदलाई ठुलो र दुर्लभ पद ठानेको छैन : मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठुला र दुर्लभ पद नठानेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘मन्त्री पदलाई मैले ठुलो र दुर्लभ पद ठानेको छैन। म आफ्नो इमान र मेहनतको भरमा काम गरिरहेको छु।’
उनले अहिले मन्त्रालय मातहतका बेथिति र विसंगतहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताए । उनलाई आफूलाई विकृतिको डुङ्गुर माथि उभिएको अनुभूति समेत भइरहेको बताएका हुन् । उनले आफू संसद्मा तेस्रो पटक आएको बताउँदै कानुनी र संवैधानिक रूपमा सहयोग गर्न समेत अपिल गरेका छन् । साथै हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको समेत उनले स्मरण गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण