शेख हसिना लोकतन्त्र बहाल हुने बित्तिकै स्वदेश फर्किने दाबी
ढाका । बंगलादेशबाट राजीनामा दिएर स्वनिर्वासनमा भारत आएकी शेख हसिनाका छोरा सजीब वाजेद जोयले देशमा लोकतन्त्र बहाल हुनेबित्तिकै आमा बंगलादेश फर्किने बताएका छन् । बिहीबार सञ्चारमाध्यामहरुसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।
बंगलादेशमा सोमबार शेख हसिनाको नेतृत्वको सरकार पतन भएपछि देशभरमा भड्किएको हिंसाको घटनामा मंगलबार कमसेकम २३२ जना मारिएका छन् ।
आरक्षण विरोधी आन्दोलनमा अहिलेसम्म ५४० जनाको मृत्यु
बिहीबार एउटा मिडिया रिपोर्टका अनुसार सरकारी जागिरमा आरक्षणको विरोधमा भएको आन्दोलनमा देशभरमा मर्नेको संख्या ५६० जना पुगेको छ । विरोध प्रदर्शन जुलाईको मध्यतिर सुरु भएको थियो । सरकारविरुद्ध विद्यार्थीहरुले हप्तौसम्म उग्रप्रदर्शन गरेका थिए । लङ मार्च टु ढाका सुरु भएपछि हिंसात्मक प्रदर्शनसँग डराएर हसिना पदबाट राजीनामा दिएर सुटुक्क भारत भागेकी थिइन् ।
मंगलबार एकैदिन २३२ जनाको मृत्यु
बंगलादेशी पत्रिका प्रोथोम अलो अखबारमा छापिएको खबरका अनुसार हसिनाले सत्ता छाडेपछि मंगलबार साँझ सम्ममा २३२ जनाको मृत्यु भएको थियो । यस अघि जुलाई १६ देखि अगष्ट ४ सम्ममा आरक्षण विरोधी विरोध प्रदर्शनका क्रममा करीब ३२८ जना मारिएका थिए ।
योसँगै गएको २३ दिनमा विद्यार्थी आन्दोलनका क्रममा ५६० जना मारिएका छन् । बुधबार एकै दिन अरु २१ जनाको मृत्यु भएको थियो । आरक्षण विरोधी आन्दोलन सुरु भएयता सबैभन्दा धेरै मृत्यु मंगलबार भएको हो । यीमध्ये केहीको मृत्यु उपचारको क्रममा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण