शेख हसिना लोकतन्त्र बहाल हुने बित्तिकै स्वदेश फर्किने दाबी

ढाका । बंगलादेशबाट राजीनामा दिएर स्वनिर्वासनमा भारत आएकी शेख हसिनाका छोरा सजीब वाजेद जोयले देशमा लोकतन्त्र बहाल हुनेबित्तिकै आमा बंगलादेश फर्किने बताएका छन् । बिहीबार सञ्चारमाध्यामहरुसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् ।
बंगलादेशमा सोमबार शेख हसिनाको नेतृत्वको सरकार पतन भएपछि देशभरमा भड्किएको हिंसाको घटनामा मंगलबार कमसेकम २३२ जना मारिएका छन् ।
आरक्षण विरोधी आन्दोलनमा अहिलेसम्म ५४० जनाको मृत्यु
बिहीबार एउटा मिडिया रिपोर्टका अनुसार सरकारी जागिरमा आरक्षणको विरोधमा भएको आन्दोलनमा देशभरमा मर्नेको संख्या ५६० जना पुगेको छ । विरोध प्रदर्शन जुलाईको मध्यतिर सुरु भएको थियो । सरकारविरुद्ध विद्यार्थीहरुले हप्तौसम्म उग्रप्रदर्शन गरेका थिए । लङ मार्च टु ढाका सुरु भएपछि हिंसात्मक प्रदर्शनसँग डराएर हसिना पदबाट राजीनामा दिएर सुटुक्क भारत भागेकी थिइन् ।
मंगलबार एकैदिन २३२ जनाको मृत्यु
बंगलादेशी पत्रिका प्रोथोम अलो अखबारमा छापिएको खबरका अनुसार हसिनाले सत्ता छाडेपछि मंगलबार साँझ सम्ममा २३२ जनाको मृत्यु भएको थियो । यस अघि जुलाई १६ देखि अगष्ट ४ सम्ममा आरक्षण विरोधी विरोध प्रदर्शनका क्रममा करीब ३२८ जना मारिएका थिए ।
योसँगै गएको २३ दिनमा विद्यार्थी आन्दोलनका क्रममा ५६० जना मारिएका छन् । बुधबार एकै दिन अरु २१ जनाको मृत्यु भएको थियो । आरक्षण विरोधी आन्दोलन सुरु भएयता सबैभन्दा धेरै मृत्यु मंगलबार भएको हो । यीमध्ये केहीको मृत्यु उपचारको क्रममा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पुलिस स्कुलसँग फराकिलो अन्तरले हार्यो भ्याली पब्लिक स्कुल
-
अन्तर्राष्ट्रिय विमानस्थल र स्थल सीमा नाकामा सुरक्षा निगरानी बढाउने सुरक्षा समितिको निर्णय
-
भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो
-
‘मितज्यू’ मा स्मिता अनुबन्धित
-
ललितपुरको एकान्तकुनामा खुल्यो इभेन्ट भेन्यू ‘म्याजेष्टिक ग्राण्ड’
-
नेपाल राष्ट्र बैङ्कद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेस