वायनाड पहिरो पीडितलाई प्रभासले गरे २ करोड सहयोग
नयाँ दिल्ली । भारतको केरला राज्यमा बाढीपहिरोका पीडितलाई सहयोग गर्न दक्षिण भारतीय स्टारहरू एक पछि अर्को गर्दै अगाडि आइरहेका छन् । यो सूचीमा दक्षिण भारतीय अभिनेता प्रभास पनि थपिएका छन् ।
वायनाडमा पहिरोबाट प्रभावितहरूलाई मद्दत गर्न अभिनेता प्रभासले केरलाको मुख्यमन्त्री राहत कोषमा २ करोड भारु रुपैयाँ सहयोग गरेका छन् ।
३० जुलाईमा पञ्जिरिमट्टम, मुण्डक्काई, चुरलमलालगायतका गाउँमा पहिरोमा परी ४ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने १५० भन्दा बढी अझै बेपत्ता छन् । अभिनेताको एक फ्यान क्लब माइक्रोब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टर शेयर गरेको छ । यसको क्याप्शनमा ‘प्रभासले वायनाडका पहिरो पीडितको सहयोगार्थ केरलाको सीएम राहत कोषमा २ करोड भारु रुपैयाँ दिए । सुनको मुटु भएको व्यक्ति,’ भनेर लेखिएको छ ।
प्रभावित क्षेत्रमा एक साताभन्दा बढी समयदेखि खोजी कार्य जारी छ । माटोमुनि अझै धेरै मानिस पुरिएको हुन सक्ने बताइएको छ । कृषि विभागको प्रतिवेदनअनुसार चुरामाला, अट्टमला, मुण्डक्काइलगायत धेरै क्षेत्रमा ३१० हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ ।
फिल्म सेलिब्रेटीहरूले पीडितहरूलाई सहयोग गरे
पहिरो प्रभावित मानिसहरूलाई मद्दत गर्न केरला मुख्यमन्त्री राहत कोषमा स्थापना गरिएको थियो । सो राहत कोषमा फिल्मी सेलिब्रेटीदेखि उद्योगपतिसम्मले पैसा दान गरिरहेका छन् । प्रभासभन्दा पहिले चिरञ्जीवी र उनका छोरा रामचरणले सो कोषमा १ करोड भारु रुपैयाँ सहयोग गरेका थिए । अल्लु अर्जुनले र रश्मिका मन्डन्नाले पनि सो कोशमा क्रमशः ५० लाख र १० लाख भारु दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण