‘जेलमा चौकीदार र नाइके प्रथा हटाउनुपर्छ, भीआईपी कक्ष खारेज गर्नुपर्छ’
काठमाडौँ । प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले कारागार भित्र आन्तरिक प्रशासनको नाममा चौकीदार र नाइकेहरु राख्ने प्रथा हटाउनुपर्ने बताएका छन् । शुक्रवार कानून न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद विश्वकर्माले भने– ‘चौकीदार र नाइके जेलको बातावरण सुधार्न भन्दा पनि दलाली गर्न बनाएको देखिन्छ ।’
कैदीहरुको समस्या सरल समस्याका समाधान गर्न चौकीदार र नाइकेहरुले छेक्ने हुनाले सो प्रथालाई खारेज गर्नुपर्ने विश्वकर्माले बताए । बालसुधार गृह र कारगारको स्थलगत निरीक्षण गरेर फर्केपछि सो समितिका सदस्य विश्वकर्माले जेलभित्र ‘भीआइपी कक्ष’ राख्न नहुने बताएका छन् । उनले भने– ‘अपराधी समान हुन्, जेलभित्र भीआईजी कक्ष राख्नुहुँदैन ।’
नेकपा एमालेका सांसद विश्वकर्माले कारागारलाई सुधार गृह बनाउन त्यहाभित्र शिक्षाको व्यवस्था गर्नुपर्ने बताए । उनले भने– ‘कारागारलाई सुधार गर्न त्यहाँभित्र शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्नुपर्छ ।’
नेपालका कारगारमा करिब ३० हजार कैदीबन्दी छन् । स्थलगत निरिक्षण गर्दा बलात्कार आरोपमा जेल पर्नेहरु सबैन्दा धेरै भेटिएको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण