वैदेशिक रोजगार
इजरायल जाने कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन मन्त्रालयले बनायो छानबिन समिति
शुक्रबार, २५ साउन २०८१, १७ : ४०
२

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जाने नेपाली कामदारको छनोट प्रक्रिया विश्वसनीय बनाउन छानबिन समिति गठन गरेको छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट लैजान लागिएको सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे विभिन्न प्रश्न उठेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्द प्रसाद रिजालका अनुसार छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्नुका साथै समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो ।
नेपाल र इजरायलबिच ‘जी टु जी’ प्रक्रियाबाट हुने छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि प्रवक्ता रिजालले प्रस्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन