‘बंगलादेशबाट नेपालको राजनीतिक नेतृत्वले बेलैमा पाठ सिकोस्’

काठमाडौँ । प्रगतिशील रूपान्तरण आन्दोलनले बंगलादेशबाट नेपालको राजनीतिक नेतृत्वले बेलैमा पाठ सिक्नुपर्ने बताएको छ ।
प्रगतिशील रूपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वभरि र विशेष गरी नेपालको राजनीतिक नेतृत्वले बंगलादेशबाट बेलैमा पाठ सिक्नुपर्ने बताएका हुन् ।
चुनावमा अत्यधिक बहुमत प्राप्त गरेर सरकार जतिसुकै बलवान भएपनि जनताको तागत र आकांक्षाभन्दा शक्तिशाली र माथि कोही पनि नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, पूर्वाधारहरूको निर्माण, औद्योगिक विकास र आर्थिक वृद्धि जे जति गरे पनि सरकारमा बसेका नेतृत्वदायी मानिसहरू निरंकुश, दमनकारी र भ्रष्ट भए भने त्यसले आम नागरिकहरूमा सिर्जना गराउने भनेको निराशा, आक्रोश र विद्रोहको भावना नै हो । त्यसलाई बेलैमा बुझेर समुचित समाधान र सम्बोधन गर्ने दिशामा शासन सत्तामा बसेकाहरू नलाग्ने हो भने त्यो कुनै पनि बेला बिष्फोट भएर बलियो भन्दा बलियो ठानिएको सरकारलाई पनि क्षण भरमा गिराइ दिन्छ भन्ने कुरा बंगलादेशको हालैका घटनाबाट स्पष्ट भएको छ । विश्वभरिको, अझ विशेष गरी नेपालको राजनीतिक नेतृत्वले यसबाट बेलैमा पाठ सिकोस् भन्ने कामना समेत गर्दछौँ ।
प्रगतिशील रूपान्तरण आन्दोलनले बंगलादेशमा डा. मुहम्मद युनुसको अगुवाइमा नयाँ अन्तरिम सरकारको स्वागत गरेको छ ।
बंगलादेशको नयाँ राजनीतिक नेतृत्व र आम नागरिकलाई अहिलेको अवस्था अब आउन नदिने कुरामा सचेत तथा गम्भीर हुन पनि ध्यानाकर्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?
-
चीन–दक्षिण एसिया प्रदर्शनीमा नेपालीहरूको उल्लेख्य सहभागिता
-
विपद् जोखिम न्यूनीकरणको तयारीमा लाग्न प्रचण्डको आग्रह
-
इजरायल–इरान युद्ध : नेपालीहरूको सुरक्षा र उद्धारका विषयमा छलफल
-
बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
-
नेपालीहरूको उद्धार गर्न परराष्ट्र मन्त्रालयमा युनिट बनाइने