‘बंगलादेशबाट नेपालको राजनीतिक नेतृत्वले बेलैमा पाठ सिकोस्’
काठमाडौँ । प्रगतिशील रूपान्तरण आन्दोलनले बंगलादेशबाट नेपालको राजनीतिक नेतृत्वले बेलैमा पाठ सिक्नुपर्ने बताएको छ ।
प्रगतिशील रूपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वभरि र विशेष गरी नेपालको राजनीतिक नेतृत्वले बंगलादेशबाट बेलैमा पाठ सिक्नुपर्ने बताएका हुन् ।
चुनावमा अत्यधिक बहुमत प्राप्त गरेर सरकार जतिसुकै बलवान भएपनि जनताको तागत र आकांक्षाभन्दा शक्तिशाली र माथि कोही पनि नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, पूर्वाधारहरूको निर्माण, औद्योगिक विकास र आर्थिक वृद्धि जे जति गरे पनि सरकारमा बसेका नेतृत्वदायी मानिसहरू निरंकुश, दमनकारी र भ्रष्ट भए भने त्यसले आम नागरिकहरूमा सिर्जना गराउने भनेको निराशा, आक्रोश र विद्रोहको भावना नै हो । त्यसलाई बेलैमा बुझेर समुचित समाधान र सम्बोधन गर्ने दिशामा शासन सत्तामा बसेकाहरू नलाग्ने हो भने त्यो कुनै पनि बेला बिष्फोट भएर बलियो भन्दा बलियो ठानिएको सरकारलाई पनि क्षण भरमा गिराइ दिन्छ भन्ने कुरा बंगलादेशको हालैका घटनाबाट स्पष्ट भएको छ । विश्वभरिको, अझ विशेष गरी नेपालको राजनीतिक नेतृत्वले यसबाट बेलैमा पाठ सिकोस् भन्ने कामना समेत गर्दछौँ ।
प्रगतिशील रूपान्तरण आन्दोलनले बंगलादेशमा डा. मुहम्मद युनुसको अगुवाइमा नयाँ अन्तरिम सरकारको स्वागत गरेको छ ।
बंगलादेशको नयाँ राजनीतिक नेतृत्व र आम नागरिकलाई अहिलेको अवस्था अब आउन नदिने कुरामा सचेत तथा गम्भीर हुन पनि ध्यानाकर्षण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण