लैंगिकतासम्बन्धी विवादबिच खलिफले जितिन् ओलम्पिकमा स्वर्ण
पेरिस । पेरिस ओलम्पिकमा अल्जेरियन बक्सर इमान खलिफले स्वर्ण पदक जितेकी छन् । एक वर्षअघि उनी लैङ्गिक योग्यता परीक्षामा असफल भएपछि विश्व बक्सिङ च्याम्पियनसिपबाट अयोग्य घोषित भएकी थिइन् ।
पेरिस ओलम्पिकको ६६ केजी तौल समूहको महिला बक्सिङ प्रतियोगितामा खलिफले यो स्वर्ण पदक जितेकी हुन् । फाइनलमा उनले चिनियाँ बक्सर याङ्ग्या लिउलाई हराइन् ।
‘यो मेरो सपना थियो । म धेरै खुसी छु,’ खलिफेले बीबीसीसँग भनिन्, ‘यो मेरो आठ वर्षको कडा परिश्रमको फल हो । म अल्जेरियाका जनतालाई धन्यवाद दिन चाहन्छु ।’
‘म मेरो प्रदर्शनबाट धेरै खुसी छु । म एक साहसी महिला हुँ,’ खलिफले थपिन् ।
पेरिस ओलम्पिकमा इटालियन बक्सर एन्जेला करिनीसँगको खेलपछि खलिफलाई लिएर विवाद सुरु भएको थियो । उनी पुरुष रहेको दाबी गरिएको छ ।
खलिफ र करिनीबिचको खेल ४६ सेकेन्डमा सकिएको थियो । करिनीले भनेकी थिइन्, ‘मैले ज्यान जोगाउनु पर्यो ।’
यसपछि सामाजिक सञ्जालमा बहस सुरु भयो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले खलिफले नियमअनुसार नै खेलिरहेको भन्दै विज्ञप्ति नै जारी गर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण