पेरिस ओलम्पिक : चीनले उछिन्यो अमेरिकालाई
पेरिस । पेरिस ओलम्पिकको पदक तालिकामा चीन र अमेरिकाको कडा टक्कर जारी छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थानमा उक्लिएको छ ।
चीनले हालसम्म ३९ वटा स्वर्ण पदक जितेको हो । टोलीले २७ रजत र २४ कांस्यसहित कूल ९० पदक जितेको छ । उता, अमेरिकाले ३८ स्वर्ण, ४२ रजत र ४२ कांस्यसहित कूल १ सय २२ वटा पदक हात पारेको छ ।
तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले कूल ५० पदक जितेको छ । यसमा १८ स्वर्ण, १८ रजत र १४ कांस्य पदक समावेश छन् । चौथो स्थानमा रहेको जापानले पनि समान १८ स्वर्ण जितेको छ । उसको १२ रजत र १३ कांस्यसहित कूल ४३ पदक रहेको छ ।
आयोजक राष्ट्र फ्रान्स १६ स्वर्णसहित पाँचौँ स्थानमा कायम छ । टोलीले २४ रजत र २२ कांस्यसहित कूल ६२ पदक जितेको छ ।
त्यसपछि शीर्ष १० स्थानमा क्रमशः बेलायत (१४ स्वर्ण), दक्षिण कोरिया (१३ स्वर्ण), नेदरल्यान्ड्स (१३ स्वर्ण), जर्मनी (१२ स्वर्ण) र इटाली ११ स्वर्ण रहेका छन् ।
दक्षिण एसियाली राष्ट्रमा पाकिस्तानले एक्लो स्वर्ण जितेको छ । भारतले १ रजत र पाँच कांस्यसहित कूल ६ वटा पदक हात पारेको छ ।
नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका पदकविहीन छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण