'मेरो र ऐश्वर्याको सम्बन्धविच्छेद हुँदैछ' – अभिषेक बच्चनको डीपफेक भिडियो भाइरल
मुम्बई । केही समयदेखि बलिउड अभिनेता अभिषेक बच्चन र उनकी श्रीमती ऐश्वर्या राय बच्चनबिच सम्बन्ध राम्रो नभएको चर्चा भइरहेको छ । उनीहरूको सम्बन्धविच्छेदको खबर पनि बाहिर आएको छ ।
यसैबिच सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ जसमा अभिषेक बच्चनले ऐश्वर्या रायसँग डिभोर्सको घोषणा गरिरहेका छन् । ‘ऐश्वर्या र मैले डिभोर्स गर्ने निर्णय गरेका छौँ,’ भिडियोमा अभिनेता भन्छन्, ‘यस जुलाईमा ऐश्वर्या र मैले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका छौँ। पछिल्ला केही वर्ष मेरी छोरी आराध्याका लागि राम्रो रहेनन् । तर, आज म यहाँ ऐश्वर्यासँग डिभोर्स लिनुको कारणबारे कुरा गर्न आएको छु ।’
तर यो भिडियो ’डीपफेक’ हो। यसमा अभिषेकले लिप सिङ्किङसँग पटक्कै मेल खाइरहेका छैन । यो भाइरल भिडियो एआई प्रविधि वा कुनै अनलाइन उपकरण प्रयोग गरेर बनाइएको हो। धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडियोको निन्दा गरेका छन् ।
अभिषेक र ऐश्वर्याको सम्बन्ध सम्बन्धविच्छेदसम्म पुगेको चर्चा चलेको पहिलोपटक भने होइन । हालै ऐश्वर्या बच्चन परिवारबाट छुट्टिएर अलग्गै अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएपछि यो हल्लाले थप गति लिएको थियो ।
यस पार्टीमा ऐश्वर्या छोरी आराध्यासँग पुगेकी थिइन् । बच्चन परिवारका बाँकी सदस्यहरू छुट्टै आएका थिए। यसबाहेक हालै अभिषेक बच्चनले सामाजिक सञ्जालमा सम्बन्धविच्छेदसँग जोडिएको एक पोस्टलाई लाइक गरेपछि अड्कलबाजी बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण