रचना र शान्तिश्रीले अमेरिकाको बोस्टनमा नचाए दर्शक

काठमाडौंँ । गायिक रचना रिमाल र शान्तिश्री परियारले अमेरिकाको बोस्टनका दर्शक नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपालले आयोजना गरेको कार्यक्रममा सांगीतिक प्रस्तुतिका लागि उनीहरु केही अगाडि अमेरिका पुगेका थिए । यी गायिकाले आफ्ना नयाँ तथा पुराना गीतमार्फत दर्शक झुमाएका थिए ।
कार्यक्रममा मोडल करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित मर्ने गरी नचाएको आयोजक पक्षले जनाएको छ । ‘अब हाँस्छ अमेरिका’ को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो ।
तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो । यसपछि मञ्चमा देखापरेका करिष्मा, रचना, शान्तिश्री र ज्योति मगरले बोस्टनका ५ सय बढी दर्शकलाई तीन घन्टा भरपुर मनोरञ्जन दिएका थिए ।
प्रस्तुतिको सुरुवात करिष्माले ‘हिजो राति सपनीमा’ बोलको नृत्यबाट गरेकी थिइन् । करिष्माले तताएको माहोललाई थप जोशिलो बनाउँदै गायिका रचना रिमालले आफ्ना हिट नम्बरहरु प्रस्तुत गरेकी थिइन् ।
उनले परदेशीलाई भावुक बनाउने ‘नमुछे आमा दहीमा टीका’ बाट गाउन सुरु गरे पनि प्रस्तुतिको अन्त्यतिर ‘सम्झिने पानी छम्किने’ ‘मिनरल वाटर’ आदि गाएर दर्शक नचाएकी थिइन् ।
रचना रिमालपछि शान्ति श्री परियारले ‘गलबन्दी च्यातियो’ ‘अरेली काँडैले’ ‘लाहुर जाने रेलैमा’ लगायतका दर्जन हाराहारी चर्चित गीत प्रस्तुत गरेकी थिइन् । तर ‘बोल माया’ ‘लौन दाजै’ गीतबाट आफ्नो गायकी सुरु गरेकी उनले हलमा उपस्थित दर्शकलाई सुरुमै भावुक बनाएकी थिइन् ।
कार्यक्रमको बिट मार्ने गरी मञ्चमा आएकी ज्योति मगरले पनि आफ्नो पहिचान अनुरुप दर्शकलाई गीत र नृत्यको धुनमा डुबाएकी थिइन् । उनले पनि आफ्ना चर्चित गीत ‘ढाडे बिरालो’ ‘उही मुलाको सिन्की’ पस्किएकी थिइन् ।
आयोजक विनोद अधिकारीले परदेशमा घरदेश जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताउँदै पहिलो कार्यक्रम अन्त्यन्त सफल रहेको प्रतिक्रिया दिए ।
‘देशका चर्चित स्टयान्ड कमेडियनलाई लिएर गरिएको अमेरिका यात्रा ‘अब नाच्छ अमेरिका’ सफलतापछि हामीले ‘अब नाच्छ अमेरिका’ को तयारी गरेका थियौँ । जसको सुरुवात बोस्टनबाट भव्यताका साथ सुरु भएको छ,’ आयोजक विनोदले भने, ‘यो चाडबाडको समयमा दर्शकको तीन घन्टाको अमूल्य समय सार्थक पारौँ भन्ने हाम्रो प्रयास हो जुन पहिलो कार्यक्रमले नै पूरा गरेको छ ।’
आयोजकका अनुसार गायिका तथा मोडलको टोलीले न्युयोर्क, वासिङ्टन डिसी, ओहायो, कोलोराडो, बोस्टन, पेन्सेल्भेनिया, सिकागो र क्यालिफोर्निया आदि ठाउँमा कार्यक्रम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख