अमिर खानले अभिनयबाट संन्यास लिने
नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानले अभिनयबाट संन्यास लिने भएका छन् । हालै भारतको सर्वोच्च अदालतमा आमिर खानको फिल्म ‘लापता लेडिज’ देखाइएको थियो ।
सोही क्रममा आमिरले अभिनय क्षेत्रबाट सेवा निवृत्त हुनेबारे कुराकानी गरेका हुन् । ‘कोरोना भाइरसको महामारीको समयमा मैले फिल्म प्रडक्सन नै आफ्नो करियरको अन्त्य हुने महसुस गरेको थिएँ । म त्यतिबेला ५६ वर्षको थिएँ । यी वर्षमा मेरो उमेर अरू बढी सकेको छ । शायद आफ्नो काम देखाउन मसँग अब १५ वर्ष जति बाँकी होला,’ आमिरले भनेका थिए ।
अबका वर्षमा आफूले वर्षमा एउटा मात्रै फिल्म खेल्ने पनि उनले बताए । तर निर्माताको रूपमा भने आफूलाई दम छ जस्तो लागेका सबै कथा कहानी देखाउन सक्ने उनले बताए । आमिर खानले प्रायः बलियो सन्देश भएका फिल्महरू मात्रै गर्छन् ।
फिल्म निर्माण गरेर आफूले नयाँ नयाँ आवाज र कहानीलाई मौका दिने उनको भनाइ छ । वर्षमा ४५ वटा जति फिल्म बनाउँछ भन्ने आफूले सोचेको पनि उनले बताएका छन् । ओटीटी प्लेटफर्ममा रिलिज भएको लापता लेडिजलाई दर्शकहरूले निकै मन पराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण