कैलालीमा चट्याङ लागेर १० जना घाइते

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका– १ उत्तरमुडामा आइतबार चट्याङ लागेर १० जना घाइते भएका छन् ।
उत्तरमुडाका स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्युका व्यक्तिको १३ औँ दिने पुण्यतिथि कार्यक्रममा भेला भएर रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा चट्याङ लागेर १० जना घाइते भएका हुन् । रुखमा चट्याङ लाग्दा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी र ३२ वर्षीया किरन चौधरी घाइते भएकी छन् ।
त्यस्तै सोही ठाउँकी ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरकी ३० वर्षीया ममता थारु घाइते भएका छन् ।
उनीहरूको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला