कैलालीमा चट्याङ लागेर १० जना घाइते
धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका– १ उत्तरमुडामा आइतबार चट्याङ लागेर १० जना घाइते भएका छन् ।
उत्तरमुडाका स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्युका व्यक्तिको १३ औँ दिने पुण्यतिथि कार्यक्रममा भेला भएर रूख मुनि टेन्ट टाँगेर खाना पकाउने क्रममा चट्याङ लागेर १० जना घाइते भएका हुन् । रुखमा चट्याङ लाग्दा उनीहरू घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडाका ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रितादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कमलापती चौधरी र ३२ वर्षीया किरन चौधरी घाइते भएकी छन् ।
त्यस्तै सोही ठाउँकी ३८ वर्षीया उर्मिला डगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फुलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३ ढुसरकी ३० वर्षीया ममता थारु घाइते भएका छन् ।
उनीहरूको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण