न्यूजिल्यान्डले गर्यो भिसा शुल्कमा भारी वृद्धि
न्यूजिल्यान्ड सरकारले भिसा शुल्कमा भारी वृद्धि गरेको छ । सन् २०२४ को अक्टोबर १ देखि लागू हुने गरी लगभग सबै श्रेणीका भिसा शुल्कमा भारी वृद्धि गरिएको छ ।
करदाताहरूको वित्तीय भार भिसा आवेदकहरूमाथि सारेर थप दिगो अध्यागमन प्रणाली सृजना गर्न सो कदम चालिएको अध्यागमन मन्त्री एरिका स्ट्यान्फोर्डले भनेकी छिन् । यो हेरफेरले आगामी चार वर्षमा सार्वजनिक राजस्व ५६ करोड ३० लाख न्यूजिल्यान्ड डलरले बढ्ने अपेक्षा गरिएको छ ।
अहिलेको अध्यागमन प्रणालीमा करदाताहरूले तिरेको पैसाका कारण खर्च कम भएकोमा पनि स्ट्यान्फोर्डले जोड दिएकी छिन् । अध्यागमन प्रणालीलाई आफ्नो खर्च आफैँ जुटाउन सक्ने र प्रभावकारी बनाउन यसो गरिएको पनि उनले बताइन् । बढाइएको शुल्कले भिसा प्रोसेसिङ र उच्च जोखिम भएका आवेदकहरूको व्यवस्थापनको खर्च बेहोरिने पनि उनले बताएकी छिन् । न्यूजिल्यान्डको भिसा शुल्क अस्ट्रेलिया र बेलायतको तुलनामा प्रतिस्पर्धात्मक रहने पनि उनले बताइन् ।
यो परिवर्तन लागू भएपछि विद्यार्थी भिसा शुल्क हालको ३७५ न्यूजिल्यान्ड डलरबाट बढेर ७५० न्यूजिल्यान्ड डलरमा पुग्ने छ । यो वृद्धिपछि पनि न्यूजिल्यान्डको विद्यार्थी भिसा शुल्क अस्ट्रेलियाको भन्दा निकै कम हुनेछ ।
हालै मात्र अस्ट्रेलियाले विद्यार्थी भिसाको शुल्क दोब्बर बनाउँदै १ हजार ६०० अस्ट्रेलियन डलरमा पुर्याएको थियो । पछिल्लो समय न्यूजिल्यान्ड पढ्न जोन विदेशी विद्यार्थीको सङ्ख्या बढेको छ । सन् २०२३ मा ६९ हजार १३५ जना विदेशी विद्यार्थी त्यहाँ पढ्न आएका थिए । यो सन् २०२२ को तुलनामा गएको वर्ष त्यहाँ ६७ प्रतिशत धेरै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण