सुन्दरीजलको जल पशुपतिनाथसम्म ल्याउँदै बोलबम यात्री (तस्बिरहरू)
सोमबार, २८ साउन २०८१, १३ : ५०
_L8mDg9Djip.jpg)
काठमाडौँ । साउन महिनामा हिन्दु धर्मावलम्बीले शिवको पूजा आराधना र महिमा गाउने गर्छन् । शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउने चलन पनि छ । गेरुवस्त्र धारण गरी खाली खुट्टै गएर जलाशयबाट जल ल्याई शिव लिङ्गमा चढाउँछन् । नेपाल र भारतका शिवालयहरूमा साउन महिना ‘बोलबम’ भन्दै हिँडेका गेरुवस्त्रधारी भक्तजनहरू भेटिन्छन् ।
‘बोल’ भनेको ‘भन’ र ‘बम’ भनेको शिव (बीचमन्त्र) हो । काठमाडौँमा सुन्दरीजलको जल पशुपतिनाथसम्म पैदल आएर चढाउने गरिन्छ । बोलबम मधेसी समुदायले बढी मान्ने गरेका भए पनि पछिल्लो समय अरू पनि सहभागी हुने क्रम बढेको छ । सोमबार सुन्दरीजलमा जल लिन आएका तिर्थालुहरुका तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वर्गीय कलाकार गौतमको परिवारलाई ५० हजार सहयोग
-
माधव नेपालसहित यी हुन् अख्तियारले पतञ्जलीमा प्रतिवादी बनाएका ९३ जना (नामसहित)
-
सरोकारवालाहरूको एकै स्वरः पहलगाम घटनालाई नेपालले गम्भीर लिएन
-
७० वर्षसम्म ‘लिभ इन रिलेशनशिप’, ९ दशक उमेर कटेपछि विवाह
-
गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग
-
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल