ऐश्वर्यासँग सम्बन्ध विच्छेदबारे अभिषेकले के भने ?
नयाँ दिल्ली । केही महिनायता बलिउड कपल अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेद भएको अफवाह चर्किएको छ । दिनँहुजसो यो जोडीबारे केही न केही खबर आइरहेको हुन्छ । यसैबिच अभिषेकले आफ्नो सम्बन्ध विच्छेदबारे मौनता तोडेका छन् । बलिउड युके मिडियासँगको अन्तरवार्तामा उनले आफूले लगाइरहेको बिहेको औँठी देखाउँदै आफू अझै विवाहित रहेको बताएका थिए ।
अभिषेक बच्चनले भने, ‘यी सबै (सम्बन्ध विच्छेद) बारे मलाई भन्नु केही छैन । दुःखको कुरा सबै कुरा नियन्त्रण बाहिर छ । मलाई थाहा छ मानिसहरू किन यसो गरिरहेका छन् । मानिसहरूले कथा चाहिएको छ । ठिकै छ । हामी सेलिब्रेटी हौं, हामी यस्तो कुरा बुझ्छौँ ।’
हालै आफूले सम्बन्ध विच्छेद गरेको भन्दै अभिषेकको डीपफेक भिडियो भाइरल भएपछि अभिषेकको यो अन्तरवार्ता आएको हो ।
मुकेश अम्बानीको छोराको बिहेमा अभिषेक मातापिता र बहिनीसँग अनि ऐश्वर्या छोरी आराध्यासँग एक्लै आइपुगेपछि यी अफवाह चर्किएका थिए । यसपछि अभिषेक बच्चनले डिभोर्स सम्बन्धी एउटा पोस्टमा लाइक गर्नु आगोमा घ्यूको काम भयो । यसपछि अभिषेक बच्चनको एउटा भिडियो चाँडै भाइरल भयो । यसमा अभिनेताले पत्नी ऐश्वर्यासँग सम्बन्ध विच्छेद भएको बताएका थिए । तर भिडियो सक्कली थिएन । डिपफेकबाट बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण