विषाक्त माछा खाँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु
बारा (सिम्रौनगढ) । बाराको सिम्रौनगढ नगरपालिकामा विषाक्त खानाका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका–७ झवानी टोलको नरेश रामको परिवारले विषाक्त खाना (माछा) खाँदा उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।
आइतबार अमिरी राम चमारका नाति नरेश रामले भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरेका थिए । भारतबाट माछा बेच्न आएका व्यापारीबाट माछा खरिद गरी खाना पकाएर खाँदा बिरामी भएका ३ जना बालबालिकाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
शनिवार राति खाना पकाएर सबै परिवारका सदस्यले खाएपछि केही समयमै नरेश रामका छोरीहरू ९ वर्षीया लालिमा राम र ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीया छोरा कृष्णन्दन रामको पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखा परेको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनीहरूको उपचारका लागि स्थानीय सिम्रौनगढकै स्वास्थ्य क्लिनिकमा लगिएको थियो । तर स्वास्थ्य चौकीले स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो ।
अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमा रामको बाटोमै मृत्यु भएको थियो । बाँकी दुई जना बालबालिकाको अवस्थालाई थप जटिल भएपछि कलैया अस्पतालले उनीहरूलाई वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा पठाएको थियो ।
नेसनल मेडिकल कलेजमा उपचारको क्रममा गएराति पुष्पा राम र कृष्णदन्दन रामको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । खाना खाएपछि बालबालिकाहरूको स्वास्थ्यमा समस्या देखिएकाले फुड प्वाइजनको कारण मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरूको प्रारम्भिक अनुमान रहेको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको र तीन जना बालबालिकाको पोस्टमार्टमका लागि शव नारायणी अस्पताल वीरगन्जमा शव पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण