विदेश पढ्न जानेले वर्षमा कति साट्न पाउँछन् ‘निर्वाह खर्च’ ?
काठमाडौँ । विदेशमा अध्ययनका लागि जानेहरूका लागि निर्वाह खर्च बापत कति पैसा साट्न पाइन्छ ? यो आम विद्यार्थीको चासोको विषय हो ।
राष्ट्र बैंकले विदेशमा पढ्न जाने विद्यार्थीका लागि देश अनुसार तोकेर नै वार्षिक डलर सटहीको सुविधा प्रदान गर्दै आएको छ ।
जसअनुसार क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरू जाने विद्यार्थीले सबैभन्दा बढी सटही सुविधा पाउँछन् भने दक्षिण एसियाली मुलुकहरूका लागि कम सटही सुविधा तोकिएको छ ।
नेपालबाट बङ्गलादेश र पाकिस्तान अध्ययन गर्न जाने एक नेपालीले वार्षिक २ हजार ५ सय अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउँछन् भने चीन, मलेसिया, थाइल्यान्ड र फिलिपिन्स जानेहरूले ४ हजार अमेरिकी डलर सटही सुविधा पाउँछन् ।
यसैगरी सिङ्गापुर र दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीले ६ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै क्यानडा, अमेरिका, अस्ट्रेलिया लगायत युरोपेली मुलुकहरूमा अध्ययन गर्न जाने नेपालीहरूले भने वार्षिक ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँछन् ।
यी बाहेक अन्य मुलुकहरूमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले वार्षिक ५ हजार अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउने केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण