निलम्बित मुख्यसचिव अर्यालको मुद्दा पेशीमा, प्रमाण मगाउने आदेश हुने
काठमाडौँ । भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा रहेका मुख्यसचिव डा वैकुण्ठ अर्यालको मुद्दा विशेष अदालतमा आज सुनुवाइका लागि पेशी तोकिएको छ। न्यायाधीशहरू खुशीराम थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासमा उनीहरूको निवेदनमा पेशी तोकिएको हो ।
२०८१ असार ९ गते दर्ता भएको मुद्दामा निलम्बित मुख्यसचिव अर्याल यसअघि नै धरौटीमा छुटी सकेका छन् । उनी साउन १३ गते विशेष अदालत उपस्थित भएर ५० हजार धरौटीमा छुटेका थिए ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू जितेन्द्र थापा र रामबहादुर थापाको इजलासमा करिब ४ घण्टा बयान लिएको थियो भने त्यसपछि भएको थुनछेक बहसपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको थियो । उनी सोही दिन अदालतले माग गरेको धरौटी बुझाएर छुटेका थिए ।
आजको पेशी उक्त मुद्दासँग सम्बन्धित प्रमाणहरू माग गर्ने आदेशका लागि तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । विशेषले आज माग गरेको प्रमाणहरू पेस भयसँगै सरकारी साक्षीको बयान हुने छ। उक्त बयानपछि अदालतले मुद्दालाई फैसलाको प्रक्रियामा लैजाने छ । त्यसपछि तोकिने पेशीले फैसला सुनाउने छ।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ९ गते अर्यालसहित ११ जना र एक फर्मविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले अर्यालसहित विकल पौडेललाई पनि प्रतिवादी बनाएको थियो । अख्तियारले उनीहरूसँग ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ बिगो, सोही बराबर जरिवाना अनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद हुनुपर्ने माग दाबी अभियोग पत्रमा गरेको छ।
मुद्दा दर्ता हुँदा अख्तियारले उनलाई फरार प्रतिवादीको रूपमा पेस गरेको थियो । अदालतले बयानका लागि हाजिर हुन अर्यालका नाममा ३५ दिने सूचना जारी गरेपछि म्याद बुझेर उनी अदालत हाजिर भएका थिए ।
मुद्दा दर्ता भएपछि निलम्बन हुँदै उनको सरुवा समेत भएको थियो । सरकारले उनलाई राष्ट्रिय योजना आयोगमा विशेष दरबन्दी सिर्जना गरेर सरुवा गरेको थियो। अर्यालविरुद्ध अख्तियारले टेरामक्स खरिदमा पनि अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण