एमसीसीका केभिन मिचेल नेपालमा
काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसनका सेक्टर अपरेसनका प्रबन्ध निर्देशक केभिन मिचेल नेपालमा आइपुगेका छन् । एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलाई बारे जानकारी लिन तथा एमसीए नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेटघाट गर्न सोमबार नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनी यो हप्ताभर नेपालमा रहने दूतावासले जनाएको छ । केभिनसँग वित्तीय व्यवस्थापन, योजना, विश्लेषण, र रिपोर्टिङमा ३० वर्षभन्दा लामो समय विश्वका ६० भन्दा बढी देशमा काम गरिसकेको अनुभव छ । पछिल्लो १५ वर्षदेखि उनी एमसीसीमा काम गर्दै आइरहेका छन् ।
एमसीसी लागु भएको देशमा उनले वित्तीय व्यवस्थापनमा राम्रो भूमिका खेलेको बताइएको छ । एमसीसीमा आउनुअघि केभिन विश्व बैंकमा कार्यरत थिए । त्यसअघि उनी रेडक्रसमा पनि काम गरेका थिए ।
केभिन हार्वर्ड विश्वविद्यालय अर्थशास्त्रमा बीबीए र अमेरिकी विश्वविद्यालयको कोगड कलेज अफ विजनेश एडमिनस्ट्रेशनबाट अर्थशास्त्रमा एमबीए गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण