दुई वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
मङ्गलबार, २९ साउन २०८१, १९ : ४३
काठमाडौँ । दुई वर्ष कैद सजाय हुने फैसला भएका लेनदेन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ४७ वर्षीय पदम बहादुर तामाङ छन् ।
भक्तपुर जिल्ला अदालतले उनलाई दुई वर्ष कैद र सजाय हुने फैसला गरेको थियो । पीडित रिता अवाललाई उनले ६ लाख ५० हजार रकम नबुझाएका कारण अदालतले उनलाई कैदमा राख्ने फैसला गरेको हो ।
प्रतिवादीलाई बुढानिलकण्ठबाट पक्राउ गरेर भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा शुल्क बुझाउन सजिलो, दाबी भुक्तानी पाउन सास्ती: सांसद राणा
-
१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
-
जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग
-
लगातारको वर्षाले चितवनका विभिन्न क्षेत्र डुबानमा
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण