फरारी भन्दा महँगो सिगार लाइटर
पेरिस । एउटा लाइटरको मूल्य कति पर्ला ? केही रुपैयाँ ? बढीमा केही हजार ? फरारी भन्दा महँगो लाइटर भनेर सुन्नु भयो भने तपाई पत्याउनु हुन्छ ? अवश्य पनि कसैले पनि पत्याउँदैन । तर फ्रान्सले फरारी भन्दा महँगो सिगार लाइटर बनाएको छ ।
सुनैसुनले बनाइएको यो लाइटर फ्रान्सेली लक्जरी ब्रान्ड एस. टी. डुपोँले बनाएको हो । हङकङका अर्बपति स्टेभन हङको अनुरोधमा कम्पनीले लुईस तेह्रौं फ्ल द पार्मा सिगार लाइटर बनाएको हो । फ्रान्सको संस्कृति र इतिहासको राम्रो ज्ञान भएका डिजाइनरहरूलाई मात्रै सो लाइटर बनाउन दिइनु पर्ने हङको शर्त थियो ।
लुइस तेहौंकै वंशज र चर्चित डिजाइनर राजकुमारी तानिया द बर्बन पार्माले ८० जना शिल्पकारसँग मिलेर उक्त सिगार लाइटर बनाएकी हुन् । यो विश्वको सबैभन्दा महँगो सिगार लाइटर हो । राजा लुईस तेहौंको रेनेसा÷बाहोक शैलीबाट प्रेरित ४०० ग्राम सुनले बनाइएको सो लाइटरलाई कूल ४१ क्यारेटको १५३ ओटा निलमणीले सजाइएको छ । कम्पनीले सन् २०१३ मा यो लाइटर सार्वजनिक गरेको थियो । हङले यसलाई ५ लाख डलर तिरेर किनेका थिए । यो मूल्य भनेको एक थान फरारीको भन्दा पनि धेरै हो । त्यतिबेला गिनिज बूकले यसलाई संसारको सबैभन्दा महँगो लाइटरको उपाधि दिएको थियो ।
एक दशक बितिसक्दा पनि विश्वकै सबैभन्दा महँगो सिगारको यसको उपाधि कायमै छ । यो सिगारको लोकप्रियता देखेर कम्पनीले ३१ थान प्रतिकृति बनाएको थियो । यी प्रत्येक सिगार लाइटर १५ हजार ९०० अमेरिकी डलरमा बेचियो । एस. टी. डुपोँले विश्वको सबैभन्दा महँगो चुरोट सल्काउने लाइटर पनि बनाइसकेको छ । सन् २००९ मा मूल्यकै कारण लिन्या २ स्याम्पेन लाइटर हेडलाइन बनेको थियो । यसको मूल्य ७९ हजार ४६१ डलर थियो । १८ क्यारेटको सुनको केसले सजाइएको यो लाइटरमा ४६८ ओटा हिराका टुक्रा प्रयोग गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण