म्याग्दीमा फेला परेको कङ्काल प्रयोगशालामा पठाइँदै
बुधबार, ३० साउन २०८१, १० : ०१
काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–९ स्थित आङ्खखेत कालीमुलको जङ्गलमा भेटिएको कङ्काल प्रहरीले परीक्षण गर्ने भएको छ ।
कङ्काल परीक्षणको लागी प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको म्याग्दीका डीएसपी भरत श्रेष्ठले बताए । उनले भने–‘डीएनए परीक्षण गर्न काठमाडौँ स्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ ।’
साउन २८ मा कालीमुलको जङ्गलमा गाडेको अवस्थामा कङ्काल भेटिएको थियो । २०८० पुस १६ मा बेपत्ता भएकी बेनी नगरपालिका–घतानकी १९ वर्षीय मिना परियारका आफन्तले सो कङ्काल उनको भएका दाबी गरेका छन् । तर, परीक्षण पछि मात्रै त्यसबारे यकिन गर्न सकिने डीएसपी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण