म्याग्दीमा फेला परेको कङ्काल प्रयोगशालामा पठाइँदै
बुधबार, ३० साउन २०८१, १० : ०१

काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–९ स्थित आङ्खखेत कालीमुलको जङ्गलमा भेटिएको कङ्काल प्रहरीले परीक्षण गर्ने भएको छ ।
कङ्काल परीक्षणको लागी प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको म्याग्दीका डीएसपी भरत श्रेष्ठले बताए । उनले भने–‘डीएनए परीक्षण गर्न काठमाडौँ स्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ ।’
साउन २८ मा कालीमुलको जङ्गलमा गाडेको अवस्थामा कङ्काल भेटिएको थियो । २०८० पुस १६ मा बेपत्ता भएकी बेनी नगरपालिका–घतानकी १९ वर्षीय मिना परियारका आफन्तले सो कङ्काल उनको भएका दाबी गरेका छन् । तर, परीक्षण पछि मात्रै त्यसबारे यकिन गर्न सकिने डीएसपी श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण