च्याम्पियन्स लिगको छनोट चरणबाटै बाहिरियो रेन्जर्स
बुधबार, ३० साउन २०८१, १० : २०
काठमाडौँ । स्कटिस क्लब रेन्जर्स च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको छनोट चरणबाटै बाहिरिएको छ । तेस्रो चरणको छनोट प्रतियोगितामा रेन्जर्सलाई युक्रेनी क्लब डायनामो कीएभले हरायो । जितसँगै डायनामो कीएभ भने प्रतियोगिताको प्ले–अफ चरणमा प्रवेश गरेको छ ।
तेस्रो चरणको छनोट प्रतियोगिताको मंगलबार राति सम्पन्न दोस्रो लेग खेलमा डायनामो किभले रेन्जर्सलाई २–० गोलले हरायो । उक्त नतिजापछि युक्रेनी क्लब ३–१ कूल गोल भिन्नताका आधारमा अगाडि बढ्यो । यसअघि पहिलो लेग खेल १–१ को बराबरीमा सकिएको थियो ।
दोस्रो लेग खेलमा डायनामो कीएभले तीन मिनेटको बिचमा लगातार दुई गोल गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ८२औँ मिनेटमा अलेक्जेन्डर पिखाल्योन्कोले पहिलो गोल गरेका थिए । ८४औँ मिनेटमा परिवर्तित खेलाडी नजार भोलोस्यानले अर्को गोल थपेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण