भुटानी शरणार्थी प्रकरण
बेचन झाले पोलिग्राफ गराउन मानेनन्
बुधबार, ३० साउन २०८१, १५ : ००
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जु कँडेलले बेचनले ‘पोलिग्राफ परीक्षण गर्न नमानेको’ भन्ने ब्यहोराको प्रतिवेदन काठमाडौँ प्रहरीलाई दिएकी छन् ।
दुई करोडको चेक लिनको लागी भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेका थिए । त्यसबारे स्वर परीक्षण गर्न चाहिँ उनी सहमत भएका छन् । स्वर परीक्षण गर्न अनुसन्धान अधिकृतहरूले पत्राचार गरेका छन् । बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण