प्रतिनिधिसभा बैठक
द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने देउवाको विश्वास
बुधबार, ३० साउन २०८१, १४ : ०३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानुनमा परिणत भएपछि द्वन्द्वका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गरेका छन् । बुधवार प्रतिनिधिसभाको बैठकमा टीआरसी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने बिन्दुमा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको बताए ।
उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताए । त्यसक्रममा उनले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्ध्र पुस्तकालयलाई गण्डकी प्रदेश सरकारको अनुदान
-
अस्ट्रेलिया र मलेसियाका लागि नेपाली राजदूतलाई थप जिम्मेवारी
-
६ जना मृत अवस्थामा फेला
-
टोकियोको प्राथमिक विद्यालयमा आक्रमण, पाँच कर्मचारी घाइते
-
काठमाडौँसहित चार ठाउँमा दुर्घटना, चार जनाको मृत्यु
-
कुष्ठरोगसम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ