सन्राइज सेक्युरिटिजले सुरु गर्यो औपचारिक सेयर कारोबार
काठमाडौँ । लक्ष्मी सन्राइज बैंकको शतप्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिजले व्यावसायिक व्यावसायिक कारोबारको सुरुवात गरेको छ ।
बुधबार एक समारोहका बिच लक्ष्मी सन्राइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा उनले कम्पनीले आगामी दिनमा शेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे ।
सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह ले लक्ष्मी सन्राइज बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी र शुभकामना व्यक्त गरे ।
साथै सन्राइज सेक्युरिटिज लिमिटेडका प्रबन्ध सञ्चालक कमल गौतमले संस्थाले धितोपत्र खरिद बिक्री सम्बन्धी सम्पूर्ण सेवाहरू गुणस्तरीय रूपमा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्ने बताए ।
कम्पनीको अधिकृत तथा चुक्ता पुँजी बिस करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण