भारतीय टोलीको बलिङ प्रशिक्षकमा दक्षिण अफ्रिकाका मोर्ने मोर्केल
काठमाडौँ । दक्षिण अफ्रिकाका आफ्नो समयका प्रभावशाली तीव्र गतिका बलर मोर्ने मोर्केल भारतीय क्रिकेट टोलीको बलिङ प्रशिक्षक नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनलाई बलिङ प्रशिक्षक नियुक्त गरेको समाचारमा जनाइएको छ ।
बंगलादेशविरुद्धको टेस्ट शृङ्खलामा मोर्ने मोर्केलले आफ्नो जिम्मेवारी समाल्ने बताइएको छ । क्रिकबजका अनुसार, बीसीसीआईका सचिव जय शाहले पनि मोर्ने मोर्केल भारतीय टोलीको बलिङ प्रशिक्षक नियुक्त भएको पुष्टि गरेका छन् ।
उनको कार्यकाल सेप्टेम्बर १ तारिखदेखि सुरु हुने बताइएको छ । ४० औँ वर्ष प्रवेशको संघारमा रहेका दायाँ हाते तीव्र गतिका बलर मोर्ने मोर्केलले दक्षिण अफ्रिकाका लागि तीनवटै ढाँचाको प्रतियोगिता खेलेका थिए । उनले ८६ टेस्ट खेल्दै कुल तीन सय नौ विकेट लिएका छन् ।
टेस्टमा उनको उत्कृष्ट प्रदर्शन २३ रन खर्चिएर ६ विकेट हो । उनले एक सय १७ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै एक सय ८८ विकेट हात पारेका छन् । ४४ वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ४७ विकेट लिएका छन् ।
हाल भारतीय टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीर हुन् । गम्भीर र मोर्केलले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्सका लागि पनि एकसाथ काम गरिसकेका छन् । लखनउ सुपर जाइन्ट्समा गम्भीर मेन्टरको भूमिकामा र मोर्केल बलिङ प्रशिक्षकको भूमिकामा थिए ।
यसका अतिरिक्त गम्भीर र मोर्केलले इन्डियन प्रिमियर लिगमा एउटै टोलीबाट खेलेका पनि थिए । यी दुवैले कोलकाता नाइट राइडर्सबाट एकसाथ तीन सिजन आईपीएल खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण