तीन जना महिला भलिबल खेलाडी सम्मानित, निरुताको बढुवा
काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका सशस्त्र प्रहरी क्लबका तीन जना महिला भलिबल खेलाडीहरूलाई बुधबार सम्मान गरिएको छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मानित गरेका हुन् ।
अर्यालले लामो समयदेखि सशस्त्र प्रहरी क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवि उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।
उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो । उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।
बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण