बैंकिङ प्रणालीबाट थप ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत लगालग तरलता तानिरहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउन २७ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ६४ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर सोही अवधिमा यता कर्जा लगानी जम्मा ५१ खर्ब ६९ अर्ब रुपैयाँ बराबर मात्र हुँदा बैंकमा अधिक तरलता थुप्रिन पुगेको छ ।
समीक्षा अवधिमा जम्मा ७९.०१ प्रतिशत मात्र सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग ६ खर्ब रुपैयाँमाथि तरलता रहेको छ । यसले गर्दा पनि राष्ट बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपो मार्फत पछिल्लो समय बैंकहरुबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्नेगर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण