बैंकिङ प्रणालीबाट थप ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत लगालग तरलता तानिरहेको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउन २७ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ६४ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । तर सोही अवधिमा यता कर्जा लगानी जम्मा ५१ खर्ब ६९ अर्ब रुपैयाँ बराबर मात्र हुँदा बैंकमा अधिक तरलता थुप्रिन पुगेको छ ।
समीक्षा अवधिमा जम्मा ७९.०१ प्रतिशत मात्र सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) कायम गरेका बैंकहरुसँग ६ खर्ब रुपैयाँमाथि तरलता रहेको छ । यसले गर्दा पनि राष्ट बैंकले निक्षेप संकलन उपकरण अर्थात् रिभर्सरिपो मार्फत पछिल्लो समय बैंकहरुबाट निरन्तर तरलता प्रशोचन गरिरहेको छ ।
बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्नेगर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा इरानमाथि हमला, देशमा संकटकाल घोषणा
-
‘एयर इन्डियाको जहाज दुर्घटनाले विश्व हवाई क्षेत्र स्तब्ध’
-
विपद् व्यवस्थापनमा समुदायको सक्रियता बढ्दो
-
दोस्रोपटक थपिएको समयमा पनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल