प्रदेश
मुख्यमन्त्री शाहले पाए विश्वासको मत
बुधबार, ३० साउन २०८१, १८ : २५
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् ।
प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
सभामुख भीम बहादुर भण्डारीले मत विभाजन गर्दा विश्वासको मतमा ‘हुन्छ’ भन्ने पक्षमा ३६ जना र ‘हुन्न’ भन्ने पक्षमा ८ जनाले मत दिएको घोषणा गरे । १ जना प्रदेश सभा सदस्य तटस्थमा मतदान गरेका छन् ।
५३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा जम्मा ४५ जना मात्रै उपस्थित रहेका थिए ।
मुख्यमन्त्री शाहको पक्षमा काँग्रेसको १८, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको ७ गरी ३६ जनाले मत दिएका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहको यो दोस्रो कार्यकाल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण