पर्यटन बोर्डको सीईओ नियुक्तिविरुद्धको रिट उच्च अदालतले गर्यो खारेज
काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया विरुद्धको रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ ।
पर्यटन बोर्डको रिक्त सीईओ पद पूर्तिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव चक्र बुढाको नेतृत्वमा बोर्डकै सदस्य मदन आचार्य र मिलन देवकोटा सम्मिलित तीन सदस्यीय पर्यटन बोर्ड प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस उपसमिति बनेको थियो । तर, उक्त उपसमिति नै गैरकानुनि रहेको भन्दै बोर्डका ११ जना कर्मचारीहरूले सीईओ नियुक्ति प्रक्रिया नै खारेज गर्न भन्दै २०८१ वैशाख ९ गते उच्च अदालत पाटनमा रिट हालेका थिए ।
सीईओ छनोट तथा सिफारिस उपसमितिमा रहेका दुई जना सदस्यहरूको नियुक्ति नै गैरकानुनी रहेकाले उनीहरुले नियुक्त गर्ने सीईओ समेत गैरकानुनी हुने रिट निवेदक कर्मचारीहरूको दाबी छ ।
तर, उक्त मुद्दामा अनुसन्धान गर्दा २०७८ फागुन ११ गते मदन आचार्य र फागुन १२ गते मिलन देवकोटालाई पर्यटन बोर्डका सदस्यमा नियुक्त गरिएकोमा मन्त्रीपरिषद्कै नियुक्ति अधिकार प्रत्यायोजन प्रयोग गरिएको देखिएको उच्च अदालतको ठहर छ । न्यायाधीश लेखनाथ पौडेल र दुर्गा प्रसाद ढुङ्गेलको इजलासले उक्त रिट बुधबार खारेज गरिदिएको हो ।
खासगरी सिईओ नियुक्ति र सदस्यद्वय आचार्य र देवकोटाको नियुक्ति विवादलाई लिएर कानुन व्यवसायी आशिस कार्कीले सर्वोच्चमा रिट हालेका थिए । एउटै प्रकृतिको मुद्दामा दुईवटा अदालतमा रिट परेमा माथिल्लो अदालतले हेर्ने प्रावधान रहेको छ । यसैले पनि सोही मुद्दामा उच्च अदालतले थप निर्णय गर्नुनपर्ने बताउँदै रिट खारेज गरेको हो । अब यो रिटको फैसला सर्वोच्चको कोटमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण