एम्बाप्पेको डेब्यू गोल, रियललाई कीर्तिमानी उपाधि
वार्स । आफ्नो डेब्यू खेलमा किलियान एम्बाप्पेले गोल गर्दा रियल मड्रिडले सिजनको पहिलो उपाधिको रूपमा यूईएफए सुपरकप जितेको छ । बुधबार राति भएको खेलमा स्पेनिस महारथीले इटालियन क्लब एटलान्टामाथि २–० को सहज जित हासिल गरेको हो ।
२५ वर्षीय फ्रेन्च फरवार्डले पहिलो हाफमा भने कुनै उल्लेखनीय योगदान गर्न सकेनन् । एटलान्टाले निकै अनुशासित खेल प्रदर्शन गर्दा रियलले लय समात्न सकेन ।
तर, दोस्रो हाफको ५९ औँ मिनेटमा भिनिसियस जुनियरले फेडेरिको भालभर्डेका लागि गोलको अवसर सिर्जना गरे । ६८ औँ मिनेटमा एम्बाप्पेले टोलीको अग्रता दोब्बर बनाए । जुड बेलिङहमको पासमा उनले गोल गरेका थिए ।
त्यसपछि कुनै गोल हुन सकेन र रियलले कीर्तिमानी छैटौँ पटक उपाधिमाथि कब्जा जमाउन सफल भयो । रियलपछि एसी मिलान र बार्सिलोनाले ५–५ पटक यो उपाधि जितेका छन् । यता, कार्लो एन्चेलोटीले रियलसँग जितेको यो १४ औँ उपाधि थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण