राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, ३१ साउन २०८१, ०७ : ०८
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री, गृह, ऊर्जा र संस्कृति मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको जवाफ टेबुल गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् दसद्ययको कार्यभार तोकिएको पत्रको व्यहोरा पनि सुनाउने कार्यसूचीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण