कर्णाली सरकारले तीन दिनसम्म स्थापना दिवस मनाउने
सुर्खेत । कर्णाली सरकारले यो वर्ष आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
सार्वजनिक कार्यतालिका भदौ ३, ४ र ५ गते तीन दिन स्थापना दिवस मनाउन लागिएको हो । स्थापना तथा सहिद दिवस, ०८१ को मुल समारोह समितिका अध्यक्ष मुख्यमन्त्री यामलाल कँडेलेको अध्यक्षतामा साउन २८ गते बसेको बैठकले कार्यक्रमहरू तय गरेको छ । जसअनुसार भदौ ३ गते वीरेन्द्रनगर नगरपालिका–४, स्थित भैरवस्थानमा रहेको सहिद पार्कमा बेलुका ६ः३० बजे दीप प्रज्वलन गरिने छ ।
यस्तै ३ र ४ गते खेलकुद प्रतियोगिता तथा रक्तदान कार्यक्रम सञ्चालन गरिने छ भने ४ गते बिहान ७ बजेतिर मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर तथा प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरि कार्यक्रम सुरु गरी प्रदेश रङ्गशालास्थित कभर्ड हलमा विविध कार्यक्रमसहित स्थापन तथा सहिद दिवस मनाउने छ ।
यस्तै तीन वटै दिनमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक एवम् सामुदायिक सङ्घ–संस्थाका कार्यालयहरूको भित्री तथा बाह्य परिसर सरसफाइ गर्ने र आम सर्वसाधारणले समेत आ–आफ्नो घर, आँगन, टोल सरसफाइ कार्यलाई प्राथमिकता साथ अगाडि बढाइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत लिला प्रसाद ढकालले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण