मन्त्रीलाई सांसदको प्रश्न : महाकाली सिँचाइ आयोजनाको प्रगति कस्तो छ ?

काठमाडौँ । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजना समयमै सम्पन्न हुने दाबी गरेका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदसँग मन्त्रीको प्रश्नोत्तर कार्यक्रममा सांसद मदनकुमारी साह (गरिमा) ले महाकाली सिँचाइ आयोजनाअन्तर्गत मूल र सहायक नहरको कामको प्रगति के कस्तो छ भनेर प्रश्न गरेकी थिइन् ।
त्यसको जवाफ दिने क्रममा मन्त्री खड्काले आयोजनामा भइरहेको कामको प्रगति र आर्थिक अवस्थाबारे जानकारी दिँदै उक्त आयोजनका लागि यो वर्ष १ अर्ब १४ करोड रकम विनियोजन भएको बताए । उनले ठेक्कामा कुल ३ अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको र त्यसका लागि पैसाको केही अभाव रहेपनि स्रोत सुनिश्चितता गरेर काम अघि बढाउने सरकारको योजना रहेको बताए ।
उनले जग्गा प्राप्ति र वनको समस्या भएपनि त्यसको समाधान गर्न रुख कटानका लागि मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले त्यो समस्या समाधान भएको बताए । त्यस्तै उनले आयोजना अन्तर्गत ७ हजार रुख कटान गर्नुपर्ने देखिएको बताए । लागत समस्याबारे अर्थ मन्त्रालयसँग छलफल भइरहेको र चाँडै स्रोत सुनिश्चितता गर्ने भएकाले आर्थिक समस्या पनि रहन नदिनेतर्फ सरकार सचेत रहेको दाबी गरे । उक्त नहर नेपाल र भारत दुवैतिर निर्माण हुने भएकाले भारतसँग कुराकानी भइरहेको तथा समयमै सम्पन्न गर्नेमा सरकार दृढ रहेको पनि मन्त्री खड्काले जानकारी दिए । आयोजना अन्तर्गतको नहरबाट नेपालतिर १० क्युमेक पानी छोड्नेमा तलमाथि नहुने भन्दै उनले हेडवक्र्सको काम सम्पन्न भइसकेकाले भारत र नेपालबिच सल्लाह गरेर चाँडै उद्घाटन हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा 'रिभोलुसनरी गार्ड्स' को मुख्यालयमा पनि आक्रमण
-
मौलिक सञ्चार सिद्धान्तसम्बन्धी संगोष्ठी सम्पन्न: दुई दर्जन कार्यपत्र प्रस्तुत
-
नेतन्याहुले भने, ‘इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्यौँ’
-
बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने
-
अस्ट्रेलियाको नाटकीय पतनपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल रोमाञ्चक मोडमा
-
अभिनेत्री करिश्माका पूर्व पति सञ्जय कपूरको निधन