रुसको कुर्स्क क्षेत्रको घुसपैठमा युक्रेनले बेलायती हतियार चलाउन सक्ने
लन्डन । रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठमा बेलायती हातहतियारको प्रयोग गर्न सक्ने बेलायतले बताएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार युक्रेनसँग उसको आत्मरक्षाका लागि बेलायतले दान दिएको हतियार प्रयोग गर्ने स्पष्ट अधिकार छ ।
यो कुरा रुसको सीमाभित्र घुसपैठमा पनि लागू हुने बताइएको छ । हतियार दिने बेलामै आफूहरूले हतियारलाई अन्तर्राष्ट्रिय कानुनअनुसार प्रयोग गर्न सकिन्छ भनेर स्पष्ट पारिसकेको मन्त्रालयका एक प्रवक्ताले भनेका छन् ।
बेलायतले युक्रेनलाई दिएको लामो दूरीको स्ट्रोम स्याडो मिसाइबाहेक सबै हतियारलाई रुसी भूमिमा प्रयोग गर्न सक्ने भनेर यस अघि नै बेलायतका पूर्व रक्षामन्त्री सर बेन वालेसले भनेका थिए ।
आफ्नो सेना छिरेको ठाउँमा सर्वसाधारणहरूलाई बाहिर निस्किन मानवीय बाटो बनाइने पनि युक्रेनले बताएको छ । रुसले भने आफूले युक्रेनी सेनालाई पछाडि धकेलिरहेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण