रुसको कुर्स्क क्षेत्रको घुसपैठमा युक्रेनले बेलायती हतियार चलाउन सक्ने

लन्डन । रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठमा बेलायती हातहतियारको प्रयोग गर्न सक्ने बेलायतले बताएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार युक्रेनसँग उसको आत्मरक्षाका लागि बेलायतले दान दिएको हतियार प्रयोग गर्ने स्पष्ट अधिकार छ ।
यो कुरा रुसको सीमाभित्र घुसपैठमा पनि लागू हुने बताइएको छ । हतियार दिने बेलामै आफूहरूले हतियारलाई अन्तर्राष्ट्रिय कानुनअनुसार प्रयोग गर्न सकिन्छ भनेर स्पष्ट पारिसकेको मन्त्रालयका एक प्रवक्ताले भनेका छन् ।
बेलायतले युक्रेनलाई दिएको लामो दूरीको स्ट्रोम स्याडो मिसाइबाहेक सबै हतियारलाई रुसी भूमिमा प्रयोग गर्न सक्ने भनेर यस अघि नै बेलायतका पूर्व रक्षामन्त्री सर बेन वालेसले भनेका थिए ।
आफ्नो सेना छिरेको ठाउँमा सर्वसाधारणहरूलाई बाहिर निस्किन मानवीय बाटो बनाइने पनि युक्रेनले बताएको छ । रुसले भने आफूले युक्रेनी सेनालाई पछाडि धकेलिरहेको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टक एक्सचेन्ज पुनःसंरचना गरी पुँजीबजारको क्षमता वृद्धि गर्ने घोषणा
-
आर्थिक गतिशिलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिवद्धः राष्ट्रपति पौडेल
-
भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गरिने
-
‘राजमार्गका करिडोरलाई हरित व्यवसायमा आधारित आर्थिक मार्ग बनाइनेछ’
-
सरकारले नयाँ सहकारी राष्ट्रिय नीति जारी गर्ने
-
परोपकार घटना : शौच गरेको निहुँमा विवाद हुँदा पुरुषको हत्या