इसरोले लन्च गर्यो नयाँ रकेट
शुक्रबार, ३२ साउन २०८१, ११ : ५९
नयाँ दिल्ली । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले नयाँ रकेट लन्च गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट रकेट एसएसएलवी–डी३/ईओएस–०८ मिसनको तेस्रो उडान सुरु गरेको हो ।
इसरोको यो मिसन सफल भएपछि प्राकृतिक प्रकोपसँग सम्बन्धित जानकारी सङ्कलन गर्न सहज हुने बताइएको छ । प्रक्षेपणको समयमा इसरो प्रमुख एस सोमनाथ पनि उपस्थित थिए । ‘अन्तरिक्ष यानको योजनाअनुसार रकेट सही कक्षमा स्थापित भइसकेको छ । मलाई लाग्छ यसको स्थितिमा कुनै विचलन हुने छैन’ सोमनाथले भनेका छन् ।
अहिलेलाई सबै ठिकठाक रहेको पनि उनले बताए । एसएसएलवीको प्रक्रिया पूरा भएको अब आफूहरूले भन्न सक्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण