रिकी पोन्टिङ भन्छन्, ‘जो रुटले छिट्टै सचिनको कीर्तिमान तोड्दै छन्’
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान रिकी पोन्टिङले निकट भविष्यमै इङ्ल्यान्डका प्रभावशाली ब्याट्सम्यान जो रुटले महान क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोड्ने प्रतिक्रिया दिएका छन् ।
आफ्नो समयका प्रभावशाली खेलाडी पोन्टिङले टेस्ट क्रिकेटमा सचिनले बनाएको सर्वाधिक रनको कीर्तिमान जो रुटले तोड्ने दाबी गरेका हुन् । इङ्ल्यान्डको पूर्वकप्तान समेत रहेका ३३ वर्षीय रुटले हालै वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सोही शृंखलाका क्रममा जो रुटले टेस्ट क्रिकेटमा १२ हजार रनको कोशेढुंगा पनि पार गरेका थिए । उनले एक सय ४३ टेस्ट खेल्दै ५०.११ को औसतले कुल १२ हजार २७ रन बनाइसकेका छन् । यस क्रममा उनले ३२ सतक र ६३ अर्धसतक प्रहार गरेका छन् ।
उनी सर्वाधिक टेस्ट रन बनाउने ब्याट्सम्यानको सूचिमा सातौँ स्थानमा आसिन छन् । दायाँ हाते ब्याट्सम्यान रुट पोन्टिङले टेस्ट क्रिकेटमा बनाएको १३ हजार तीन सय ७८ रनभन्दा केवल एक हजार तीन सय ५१ रनले पछाडि छन् ।
यसैगरी, टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने सचिनको कीर्तिमानभन्दा रुट करिब चार हजार रनले पछाडि छन् । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा जो रुटले यो अन्तर अझ घटाउने निश्चित छ । इङ्ल्यान्ड र श्रीलंकाबिचको टेस्ट यही महिना सुरु हुनेछ ।
सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा पोन्टिङले भनेका छन्, ‘अबको केही समयपछि नै जो रुटले टेस्ट क्रिकेटमा सचिनले बनाएको सर्वाधिक रनको कीर्तिमान तोड्ने छन् । तर, उनले आफ्नो खेलजीवनलाई भने अझ केही समय निरन्तरता दिनु पर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण