अन्तरविद्यालय बास्केटबल प्रतियोगिता : तेजस्वी, टीआईए र न्युटनको विजयी सुरुआत
काठमाडौँ । तेजस्वी, टीआईए र न्युटनले १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
तेजस्वी र टीआईएले सिनियर गर्ल्स तथा न्युटनले जुनियर ब्वाइजमा जितका साथ यात्रा प्रारम्भ गरेका हुन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्ड स्कुलमा भएको सिनियर गल्र्सको खेलमा तेजस्वीले आदित्यलाई ६–२ ले पराजित ग-यो । तेजस्वीको जितमा एस्थर बरुवालले ४ अंक योगदान गरिन् । सिनियर गल्र्सको अर्को खेलमा अन्जली शाहीको १० अंक सहयोगमा टीआईएले सत्य साइलाई १६–७ ले हरायो ।
जुनियर ब्वाइजमा न्युटनले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ९–५ ले पाखा लगायो । सबै स्कोर न्युटनका आशिष राईको नाममा रह्यो । सोही स्पर्धाको अन्य खेलमा लालीगुराँसले आयोजक ग्रिनल्यान्डलाई ११–१०, भ्याली पब्लिकले तेजस्वीलाई ४६–३८ र किङडमले टीआईएलाई ४३–३४ ले पाखा लगाए । लालीगुराँसका सर्गम गुरुङले ४, भ्याली पब्लिकका अशोक विकले १६ र किङडमका जिग्मे लामाले ११ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले ह्याट्रिक जित निकाल्यो । भ्याली पब्लिकले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३१–२४, केभीकेएसएसलाई ४०–२० र फेरिल्यान्डलाई २५–१८ ले पन्छायो । भ्याली पब्लिकका लागि बीएनए विरुद्ध एन्जल गुप्ताले १०, केभीकेएसएस र फेरिल्यान्ड विरुद्ध लोरिशा गौचनले समान १७–१७ अंक बटुले ।
सिनियर ब्वाइजमा जिनियस वल्र्डले सारथीलाई ४०–२८ तथा भ्याली पब्लिकले डिबीएलाई ५१–३९ ले पराजित गरे । जिनियसका प्रदीप तामाङले १२ तथा भ्याली पब्लिकका सुनिल पौडेलले २१ स्कोर गरे ।
प्रतियोगिताको ग्रिनल्यान्डका प्राचार्य एवं प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ र ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे । जुनियर ब्वाइजमा २४, सियिनर गल्र्समा १६ र सिनियर ब्वाइजमा २४ गरी ६४ टिमको सहभागिता रहेको छ । फाइनल भदौ ११ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण