मनोज बाजपेयी र शर्मिला टैगोरको ‘गुलमोहर’ बन्यो उत्कृष्ट हिन्दी फिल्म
नयाँ दिल्ली । भारतमा ७०औँ राष्ट्रिय चलचित्र अवार्ड शुक्रबार घोषणा गरिएको छ । यसमा मनोज बाजपेयी र शर्मिला टैगोरको फिल्म ‘गुलमोहर’ उत्कृष्ट हिन्दी फिल्म बनेको छ ।
त्यस्तै कान्ताराले सर्वोत्कृष्ट अभिनेता र उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । फिल्मका लागि ऋषभ शेट्टी उत्कृष्ट अभिनेता चुनिएका हुन् ।
होम्बल फिल्म्सले ७० औँ राष्ट्रिय चलचित्र पुरस्कारमा चार अवार्ड जितेको छ । यसै प्रोडक्सनको ब्यानरमा बनेको कान्ताराले दुई अवार्ड पाएको छ भने केजीएफ २ ले थप दुई अवार्ड जितेको छ । केजीएफ २ ले सर्वोत्कृष्ट कन्नड चलचित्र, सर्वोत्कृष्ट एक्सन निर्देशकको अवार्ड पाएको हो ।
तमिल फिल्म तिरुचित्रम्बलमका लागि नित्या मेनेन र गुजराती फिल्म कच्छ एक्सप्रेसका लागि मानसी पारेख उत्कृष्ट अभिनेत्री बनेकी छन्।
चलचित्र उचाईबाट सुरज बडजात्याले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । यस फिल्मबाट नीना गुप्ताले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितेकी छिन् । पार्श्व गायन विधामा अरिजित सिंहले ब्रह्मास्त्रबाट अवार्ड जितेका छन् ।
जनवरी १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म फिल्म सेन्सर बोर्डले सेन्सर प्रमाणपत्र पाएका फिल्महरूलाई यी पुरस्कारहरू दिइन्छ । पुरस्कार समारोह अक्टोबर २०२४ मा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण