मनोज बाजपेयी र शर्मिला टैगोरको ‘गुलमोहर’ बन्यो उत्कृष्ट हिन्दी फिल्म

नयाँ दिल्ली । भारतमा ७०औँ राष्ट्रिय चलचित्र अवार्ड शुक्रबार घोषणा गरिएको छ । यसमा मनोज बाजपेयी र शर्मिला टैगोरको फिल्म ‘गुलमोहर’ उत्कृष्ट हिन्दी फिल्म बनेको छ ।
त्यस्तै कान्ताराले सर्वोत्कृष्ट अभिनेता र उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । फिल्मका लागि ऋषभ शेट्टी उत्कृष्ट अभिनेता चुनिएका हुन् ।
होम्बल फिल्म्सले ७० औँ राष्ट्रिय चलचित्र पुरस्कारमा चार अवार्ड जितेको छ । यसै प्रोडक्सनको ब्यानरमा बनेको कान्ताराले दुई अवार्ड पाएको छ भने केजीएफ २ ले थप दुई अवार्ड जितेको छ । केजीएफ २ ले सर्वोत्कृष्ट कन्नड चलचित्र, सर्वोत्कृष्ट एक्सन निर्देशकको अवार्ड पाएको हो ।
तमिल फिल्म तिरुचित्रम्बलमका लागि नित्या मेनेन र गुजराती फिल्म कच्छ एक्सप्रेसका लागि मानसी पारेख उत्कृष्ट अभिनेत्री बनेकी छन्।
चलचित्र उचाईबाट सुरज बडजात्याले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । यस फिल्मबाट नीना गुप्ताले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितेकी छिन् । पार्श्व गायन विधामा अरिजित सिंहले ब्रह्मास्त्रबाट अवार्ड जितेका छन् ।
जनवरी १, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म फिल्म सेन्सर बोर्डले सेन्सर प्रमाणपत्र पाएका फिल्महरूलाई यी पुरस्कारहरू दिइन्छ । पुरस्कार समारोह अक्टोबर २०२४ मा हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
-
ट्र्याक खुलेको दुई दशकपछि गलकोट–ताराखोला सडक कालोपत्र
-
लुम्बिनी सरकारको वैशाख मसान्तसम्मको खर्च ४६ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
शेख हसिनाको ‘अवैध सम्पत्ति’ बारे अनुसन्धान सुरु
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ