रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु, २ जना घाइते
आइतबार, ०२ भदौ २०८१, १४ : ०८
रोल्पा । रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन्।
जिल्लाको रोल्पा नगरपालिका २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान पहिरो खस्दा १ जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रोल्पा नगरपालिका (१) घर भई सोही चर्चमा बस्दै आएकी ७० वर्षकी धनजिता बुढामगरको मृत्यु भएको रोल्पाका डीएसपी भरत लामाले रातोपाटीलाई जानकारी दिए।
घटनामा रोल्पाको सुन छहारी गाउँपालिका– ३ बस्ने १८ वर्षीय नौमा घर्तीमगर र सोही ठाउँ बस्ने २८ वर्षीय सागर बुढामगर घाइते भएका छन् ।
गम्भीर घाइते नौमालाई उपचारका लागि बुटवल ल्याइँदै छ भने सागरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण