पाकिस्तान सरकारले हक्की खेलाडीहरूको मानमर्दन गरेको आरोप
काठमाडौँ । पाकिस्तानी हक्की टोलीका एक पूर्वखेलाडीले आफ्नै सरकारले देशका हक्की खेलाडीहरूको मानमर्दन गरेको आरोप लगाएका छन् । पाकिस्तान सरकारले पेरिस ओलम्पिकमा पदक जित्ने आफ्ना ज्याभलिन थ्रो खेलाडी अरशद नदिमको सम्मानमा शनिबार अबेर रात्रि भोजको आयोजना गरेको थियो ।
रात्रि भोजमा पेरिस ओलम्पिकमा सहभागी खेलाडीका अतिरिक्त विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई पनि आमन्त्रित गरिएको थियो । गाला डिनरमा उपस्थितिका लागि प्रधानमन्त्री कार्यालयले नै सबैलाई निम्तो पठाएको थियो ।
प्रधानमन्त्री कार्यालयले हक्की टोलीका खेलाडीहरूलाई पनि रात्रि भोजका लागि निम्तो पठाएको थियो । हक्की खेलाडीहरू रात्रि भोजमा उपस्थिति हुन तयारी गर्दै थिए । कार्यक्रम सुरु हुनुभन्दा केही समयअघि प्रधानमन्त्रीको सचिवालयले हक्की खेलाडीलाई रात्रि भोजमा उपस्थित गराउन नसकिने भन्दै अर्को सन्देश पठाएको थियो ।
पेरिस ओलम्पिकमा अरशद नदिमले ज्याभलिन थ्रो स्पर्धामा कीर्तिमानी स्वर्ण पदक जितेका थिए । पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको त्यो एकमात्र पदक पनि हो । सोही एक स्वर्णका कारण पाकिस्तान पदक तालिकामा भारतभन्दा माथि रहेको थियो ।
पाकिस्तानी हक्की टोलीका पूर्वखेलाडी राव सलिम नजिमले आफ्नै सरकारले हक्की खेलाडीको मानमर्दन गरेको आरोप लगाएका छन् । उनले पहिले रात्रि भोजमा उपस्थित हुन निम्तो पठाएको सरकारले अन्तिम समयमा आएर थुप्रै खेलाडीलाई अर्को सन्देश पठाउँदै कार्यक्रममा उपस्थित हुनबाट रोकेको आरोप लगाए ।
‘प्रधानमन्त्री कार्यालयले पहिले हक्की खेलाडीहरूलाई कार्यक्रममा उपस्थित हुन निम्तो पठायो । उनीहरु सबैलाई ई–मेलमार्फत निम्तो पठाइएको थियो । ई–मेलमार्फत नै हक्की खेलाडीले आफूहरु कार्यक्रममा उपस्थित हुने पक्का पनि गरेका थिए । तर, अन्तिम समयमा आएर आमन्त्रितहरु बढी भएको भन्दै हक्की खेलाडीलाई कार्यक्रममा उपस्थित हुनबाट रोकिएको थियो । सरकारको यस्तो ब्यवहारले खेलाडीको मानमर्दन भएको छ,’ उनले भनेका छन् ।
राव सलिम नजिम पाकिस्तानका पूर्वहक्की खेलाडीहरूको संघका अध्यक्ष पनि हुन् । ‘सरकारबाटै यस्तो ब्यवहार हुन्छ भने अरु के भन्न सकिन्छ र ! यस्तो ब्यवहारले खेलाडीको मनोबल कसरी उच्च हुन्छ ?’ उनले प्रश्न गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण