सुनसरीको थलाहामा टाउको नभएको शव भेटियो
सोमबार, ०३ भदौ २०८१, ०८ : ४६
विराटनगर । सुनसरीको गढी गाउँपालिका २ थलाहामा एक जना पुरुषको टाउको नभएको अवस्थामा शव भेटिएको छ ।
गढी गाउँपालिका ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको नभएको अवस्थामा शव आज विहान भेटिएको हो ।
ऋषिदेवको हत्या गरेर शव फालिदिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शव भेटिएपछि घटनास्थलमा अनुसन्धानको लागि प्रहरी टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीम दाहालले जानकारी दिए ।
‘अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भइरहेको छ । तालिम प्राप्त कुकुरलाई पनि ल्याएको छ,’ एसएसपी दाहालले भने ।
हत्या गरिएको ऋषिदेव रिङ बनाउने काम गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम
-
अमेरिकी प्रशान्त टापुहरू नजिक ‘अत्यन्त खतरनाक’ आँधीको जोखिम
-
लुम्बिनीमा बजेटमाथिको सैद्धान्तिक छलफल सकियाे, सोमबार र मङ्गलबार मन्त्रालयगत छलफल
-
इन्टर मियामीको नजरमा केप भर्डेका गोलरक्षक भोजिन्हा
-
सुकुमबासीको चमेली बोल्दिने कोही छैन
-
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहताले गरिन् कोशी अस्पतालको निरीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण