स्पिनर बलरलाई बेवास्ता गरेपछि छनोट समितिमाथि खनिए पाकिस्तानी पूर्वक्रिकेटर
काठमाडौँ । पाकिस्तानका पूर्वक्रिकेटर बासित अलीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) द्वारा गठित राष्ट्रिय टोली छनोट समितिको निर्णयको आलोचना गरेका छन् । बंगलादेशविरुद्धको टेस्ट शृङ्खलाका लागि घोषित पाकिस्तानी टोलीको विषयलाई लिएर उनले छनोट समितिको आलोचना गरेका हुन् ।
घरेलु मैदानमा खेलिने बंगलादेशविरुद्धको पहिलो टेस्टका लागि पीसीबीले वैकल्पिकसहित १७ सदस्यीय टोलीको घोषणा गरेको थियो । घोषित टोलीमा लेगस्पिनर अबरार अहमद र ब्याट्सम्यान कमरान गुलामलाई नसमेटिएपछि पूर्वखेलाडी बासित आक्रोशित भएका हुन् ।
कमरान गुलामले हालसम्म टेस्ट क्रिकेट खेलेका छैनन् । पाकिस्तान र बंगलादेशबिचको पहिलो टेस्ट अगस्त २१ तारिखदेखि सुरु हुनेछ । उक्त टेस्टका लागि घोषित पाकिस्तानी टोलीमा तीव्र गतिका बलरहरूको बाहुल्य रहेको छ ।
तीव्र गतिका बलरहरूलाई स्थान दिन नै अबरार अहमद र कमरान गुलामलाई टोलीबाट हटाइएको समाचारमा जनाइएको छ । पूर्वखेलाडी बासित अलीले टोलीमा स्पिन बलरलाई स्थान नदिइनुले छनोट समितिका सदस्यहरुमा दूरदर्शिताको अभाव रहेको पुष्टि गरेको बताएका छन् ।
‘यो कस्तो टोली हो । स्पिन बलरलाई बेवास्ता गरेर टोली घोषणा गर्नु कस्तो सोच हो ? बंगलादेशसँग खेल्ने टोलीमा कम्तिमा एकजना प्रभावशाली स्पिनर त हुनै पर्छ । मेरो विचारमा छनोट समितिका सदस्यहरूको ध्यान यतातिर पुग्नै सकेन । तीव्र गतिका बलरहरूकै भरमा खेल जित्छु भनेर सोच्नु गम्भीर भुल हो,’ उनले भनेका छन् ।
पाकिस्तानी टोलीमा साहिन शाह अफरिदी, नसिम शाह, मोहम्मद अलि, खर्रम शहजाद, मीर हमजाजस्ता तीव्र गतिका बलरलाई स्थान दिइएको छ । टोलीमा स्पिनरको भूमिकामा सलमान अलि आगालाई समेटिएको छ । उनी अफ–स्पिनर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण